IME Life New

यसकारण अपर तामाकोशीको लिलामी शेयर नपाउनेले अझै फिर्ता पाएनन् पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयर नपाउनेले अझै रकम फिर्ता पाउन सकेका छ्रैनन्।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज एक सूचना प्रकाशित गरी विभिन्न कारणले अपर तामाकोशीको लिलामी शेयरमा आवेदन दिएर नपाएकाहरुले रकम फिर्ता पाउन नसकेको जनाएको छ। योसँगै क्यापिटलले ती लगानीकर्ता पैसा फिर्ता गर्नेबारे फेरि सूचित गरेको छ।

Esewa
Crest

यो कम्पनीको सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता अवितरित हकप्रद शेयर गत पुस १३ देखि २९ गतेसम्म लिलामीमार्फत बिक्री गरेको थियो। उक्त लिलामी शेयर नपाउनेहरुलाई क्यापिटलले गत माघ २२ गतेदेखि रकम फिर्ता प्रक्रिया थालेको थियो । तर, अझै पनि थुप्रै लगानीकर्ता पैसा फिर्ता पाउन नसकेको देखिएको छ।

कतिपयको बैंक खाता नम्बर र विवरण नमिलेकाले आईपीएसमार्फत रकम फिर्ता हुन नसकेको क्यापिटलले स्पष्ट पारेको छ। क्यापिटलका सार हालसम्म रकम फिर्ता हुन नसकेकाहरुलाई भोलि बुधबार (फागुन १६ गते) देखि रकम फिर्ता हुनेछ।

उपत्यकाभित्र नागरिक लगानी कोषमा बुझाएकाहरुको हकमा कोषको कार्यालय नयाँ बानेश्वरबाट तथा लक्ष्मी सनराइज क्यापिटलमा बुझाएकाहरुको हकमा क्यापिटलको कार्यालय कमलपोखरीबाट आफूले फिर्ता पाउने रकमबराबरको चेक बुझिलिन क्यापिटलले आग्रह गरेको छ। उपत्यकाबाहिर दरखास्त बुझाएकाहरुको हकमा क्यापिटलमा सम्पर्क गरी आफ्नो बैंक खाता नम्बरलगायतका विवरण अद्यावधिक गराएपश्चात पुनः आईपीएसमार्फत रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS