IME Life New

यती एयरलाइन्सबाट यात्रा गर्दा हिराको हारदेखि स्कुटरसम्म जित्ने अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक हवाइ उडानमा यात्रु आकर्षित गर्न निजी वायू सेवा कम्पनी यती एयरलाइन्सले चाडपर्वको अवसरमा विशेष उपहार योजना सार्वजनिक गरेको छ।

एयरलाइन्सले दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्ना यात्रुका “यतिसँग उत्सवको उमङ्ग” योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत, भाग्यशाली यात्रुले स्कुटर, हीरा जडित सिक्री र फ्रिज उपहार जित्न सक्नेछन्।

Esewa
Crest

यती एयरलाइन्सका अनुसार ‘लक्की ड्र’ मार्फत भाग्यशाली विजेताको नाम चयन गरिनेछ । यस योजनामा, प्रत्येक महिना एकजना यात्रुले इयरबड र प्रत्येक साता एकजना यात्रुले आकर्षक उपहार जित्न सक्नेछन्।

अक्टोबर ८ तारेख देखि शुरू गरिएको यो योजना डिसेम्बर ६ तारेखसम्म चल्नेछ। यती एयरलाइन्सले यस अवधिमा उडान गर्ने सबै यात्रुमध्ये विजेता चयन गरिने जनाएको छ। मासिक र साप्ताहिक उपहारका विजेतालाई यती एयरलाइन्सका सामाजिक सञ्जाल पृष्ठहरूमा नियमित रूपमा घोषणा गरिनेछ।

यती एयरलाइन्सका अनुसार मुख्य उपहार प्रायोजक सिट्रियोन हो, जसले बेनेली पानारिया १२५ सिसि स्कुटर प्रायोजन गरेको छ। अन्य उपहार प्रायोजकमा श्री रिद्धि सिद्धि डायमण्ड (हिरा जडित सिक्री), पाल्सोनिकले (१९० एल रेफ्रिजरेटर), नथिङ (सीएमएफ बड्स प्रो) र आइवीबी (गिफ्ट ह्याम्पर) समावेश छन्।

२०७९ साल माघ १ गते पोखरामा एटिआर ७२-५०० विमान दुर्घटनापछि यात्रुको विश्वास पुनःस्थापित गर्नका लागि यती एयरलाइन्सको व्यवस्थापनले यात्रुलाइ सुदृढ सेवा दिने प्रयास गरिरहेको छ। यात्राका क्रममा हवाई यात्रुलाई चीसो पेय, मसला मिश्रित बदाम, मोबाइलमा चलचित्र हेर्ने सुविधा, साना बालबालिकालाई पहिलो पटकको यात्रामा निःशुल्क सेवा, घरपालुवा जनावर बोक्ने सुविधा लगायतका सुविधाहरू प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS