IME Life New

यति एयरलाइन्सको विमानमा नयाँ ब्राण्ड कलर, उडानको हतार कि ब्राण्डसँग खेलवाड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यति एयरले बंगलादेशबाट खरिद गरेर ल्याएको दुई मध्ये एउटा हवाई जहाजबाट व्यवसायीक उडान शुरु गरेको छ। नेपाल उड्ययन प्राधिकरणमा दर्ता भएको मध्ये नाइन एन एओएफ (9N-AOF) पहिचान संकेत भएको एटिआर ७२ विमानले नेपालको आकाशमा व्यवसायीक उडान शुरु गरेको हो।

यति एयरले बंगलादेशको नोभोएयरको ब्राण्ड कलरमा जहाज रङ्गिएकै अवस्थामा आफ्नो २५ वर्ष पुरानो ब्राण्ड लोगो समेत हालेर व्यवसायीक उडान शुरु गरेको हो । सीमित जहाजका कारण आफ्ना नियमित यात्रीलाई तोकिएका गन्तव्यहरुमा हवाई उडान सेवा दिन असमर्थ रहेको यति एयरले ब्राण्डिङलाई बेवास्ता गरेको हो वा उडान सेवा थप्ने हतारोका कारण हो, नोभो एयरकै ब्राण्ड कलरमा जहाज उडाएको छ।

Esewa
Crest

यति एयरका जहाजहरुमा सेतो पृष्ठभूमीमा नेपाली र अंग्रेजीमा यति एयरलाइन्स लेखिएको हुन्छ। साथै विमानको पुछार भागमा हरियो रङले बनाइएको आकारसँगै हरियो पृष्ठभूमीमा यति(हिम मानव) को पाइला र सुनौलो रङको उडि रहेको चराको संकेत चिन्ह राखिएको हुन्छ।

बंगलादेशी विमान कम्पनी नोभो एयरसँग खरिद गरेर गत माघ १८ गते नेपाल भित्र्याएको दुईमध्ये 9N-AOF जहाजबाट केही दिनअघि देखि यति एयरले काठमाडौंबाट व्यवसायीक उडान शुरु गरेको हो । यो जहाजले विराटनगर, जनकपुर, भैरहवा र पोखरा रुटमा हवाई उडान भरि रहेको छ। यो जहाजलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरको ह्याङ्गरमा यति एयरको ब्राण्ड नाम र ब्राण्ड लोगो हाल्ने काम गरिएको थियो । यसैगरी 9N-AOH संकेत रहेको जहाज रङरोगन कार्यका लागि पोखरा अन्तर्राष्ट्रय विमानस्थल पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

19%
happy

खुसी

10%
sad

दु :खी

5%
amazed

अचम्मित

62%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS