IME Life New

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा केही आएन, सबै यथावत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक गरेको छ। राष्ट्र बैंकले वार्षिक मौद्रिक नीतिपछि त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा ल्याउने गर्छ। त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ। सोहीअनुसार केन्द्रीय बैंकले आज समीक्षा ल्याएको हो।

मौद्रिक समीक्षा ल्याउन राष्ट्र बैंकको बोर्ड (सञ्चालक समिति)को बैठक साढे ८ बजे बसेको थियो। बैठकमा मौद्रिक समीक्षामाथि छलफल सकिएपछि सार्वजनिक गरिएको हो।

Crest

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत व्यवस्थामा फेरबदल गरिएको छैन। मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोरअन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ।

त्यस्तै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ।

शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हट्नुपर्ने र कर्जामा लगाइएको जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने लगानीकर्ताको माग थियो। यो माग पनि प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले सम्बोधन गरेन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS