IME Life New

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति सेयर लगानीकर्ता संघको कडा आपत्ति (बिज्ञप्ति सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । राष्ट्रबैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति सेयर लगानीकर्ता संघले रोष प्रकट गरेको छ । सेयर लगानीकर्ताहरुको कुनै पनि माग सम्बोधन नभएको भन्दै संघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको विरोध गरेको हो ।

संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलले फागुन २ गते एक विज्ञप्ति जारी गर्दै पूँजीबजारका समस्याको बिषयमा सम्बद्ध निकायलाई जानकारी गराउने क्रममा नेपाल राष्ट्रबैंकलाई समेत लगानीकर्तालाई राहात हुने केही माग प्रस्तुत गरिए पनि त्यसमा बेवास्ता भएको बताएका छन् ।

Esewa
Crest

‘सेयर कर्जामा उपभोग गर्दै आएको ५० प्रतिशत मार्जिनबाट बढाएर ७० प्रतिशत पुर्याउनुपर्ने, बैंक तथा बित्तीय संस्थाको प्राथमिक पूँजीकोषबाट सेयर कर्जा दिंदा ४० प्रतिशतबाट १०० प्रतिशत पुर्याउनुपर्ने र सेयर कर्जामा कायम गरिएको वेटेड एभरेज १५० प्रतिशतबाट १०० प्रतिशतमा कायम गर्नुपर्ने माग प्रस्तुत गरेका थियौं ।’ फूल्लेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यी कुनै पनि माग सम्बोधन भएनन् । यी मागहरु तत्काल सम्बोधन गर्न हाम्रो जोडदार माग छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS