काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ सम्बन्धी कुनै पनि आफ्नो व्यक्तिगत गोप्य जानकारीहरु कहिल्यै पनि कसैलाई नदिन आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै बैंकका कर्मचारीले कहिल्यै पनि ग्राहकको व्यक्तिगत विवरण जस्तै डेविट क्रेडिट कार्डको पिन वा सिभिभि नम्बर, मोबाइल बैंकिङ्गको पासवर्ड वा ओटीपी नमाग्ने जनाउँदै ग्राहकहरुलाई आफ्नो व्यक्तिगत गोप्य जानकारी अरुलाई नदिन आग्रह गरेको हो ।


















