IME Life New

मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ६० लाख नाघे, डिजिटल कारोबार पनि उत्तिकै बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा मोबइल बैंकिङ प्रयोगकर्ताको २ करोड ६० लाख नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार मंसिरसम्म मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ६० लाख ३४ हजार ३५४ पुगेको छ। गत असार मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ थियो।

Crest

चालु आर्थिक वर्षको मंसिरसम्म मोबाइल बैंकिङबाट ३ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँबराबरको कारोबार भएको छ। गत असारसम्म मोबाइल बैंकिङबाट ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यसले डिजिटल माध्यमबाट हुने कारोबार उल्लेख्य वृद्धि भएको देखाउँछ।

चालु आर्थिक वर्षको मंसिरसम्म वालेट प्रयोगकर्ताको संख्या २ करोड ५६ लाख ६२ हजार पुगेको छ। गत असारसम्म यो संख्या २ करोड ३४ लाख ६१ हजार थियो।

वालेटको प्रयोग गरी मंसिरसम्म ४० अर्ब ७८ करोड रुपैयाँको भुक्तानी भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS