IME Life New

मोदी इनर्जी पौने २० करोड बढी घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोदी इनर्जीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले १९ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

दोस्रो त्रैमासमा विद्युत बिक्रीबाट १७ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३६ करोड १७ लाख रुपैयाँ थियो। विद्युत बिक्रीको आम्दानी पनि ५०.८६ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीले १४ करोड ४१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २८ करोड ७४ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफामा पनि ४९.८७ प्रतिशतको संकुचन आएको छ।

चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ९१ करोड ९६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिजर्भ ७२ करोड ९ लाख रुपैयाँ ऋणात्मक थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १३.७० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १६.०२ रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो १७.४४ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ६८.२९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS