IME Life New

मेट लाइफ फाउन्डेशनद्वारा एएनएमएफलाई ५० हजार अमेरिकी डलर अनुदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई नेपालमा बिग्रँदो कोभिड–१९ को संकटबाट प्रभावित असाह्य व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ ।

ए.एन.एम.एफ. सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु-याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरुद्वारा स्थापना गरिएको एक गैर–नाफामूलक संस्था हो ।

Esewa
Crest

मेट लाइफ फाउन्डेशनको सो अनुदानले ए.एन.एम.एफ. लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुनेछ ।

उच्च संख्यामा बढिरहेका गम्भिर अवस्थाका बिरामीहरुका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले ए.एन.एम.एफ. लाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनिकरण गर्न थप सक्षम बनाउन मद्दत गर्नेछ ।

मेट लाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्छन्  “आवश्यकताको यस घडिमा हामी सबै अहिलेको विश्वब्यापी महामारीबाट प्रभावित मानिसहरुको स्वास्थ्य र जनहितकालागि हर सम्भव प्रयासहरु गरिरहेका छौं । मेटलाइफ विश्वास गर्दछ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्दछौं र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेशनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोग समेत प्रदान गरिरहेको छ ।”

मेटलाइफ नेपाल सन् २००१ डिसेम्बरदेखि नेपालमा संचालन भइरहेको मेटलाइफ इन्कर्पोरेटको शाखा हो । नेपालमा बीमा इजाजत पत्र पाउने पहिलो कम्पनी मध्येको एक, मेटलाइफ प्रतिस्पर्धी मूल्यमा आकर्षक बीमा सुरक्षा र सुविधाहरु जस्तै जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, तथा कर्मचारी लाभ बीमा प्रदान गर्ने अग्रणी बीमा कम्पनी पनि हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS