IME Life New

मेगा बैंकको लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले अब आफ्नै कार्यालय रहेको भवनबाट मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ । बैंकले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर मार्फत आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको थियो ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वर स्थित बैंकको कार्यालय परिसरमा बिहीबार एक समारोहबीच नवनिर्मित मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्घाटन गर्नुभयो । कार्यक्रममा मेगा बैंकका सञ्चालकहरु, सिइओ, एडीसिइओ, अन्य उच्च व्यवस्थापन श्रेणीका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Esewa
Crest

मेगा बैंकमा कार्यरत कर्मचारीहरुको शीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै अझै प्रभावकारी ढंगले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस सेन्टरलाई बैंककै कार्यालय रहेको भवनमा स्थापना गरिएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।

बैंककी सिइओ अनुपमा खुञ्जेलीले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य तालिम दिने मात्रै नभई बैंकभित्रै अनुभवी प्रशिक्षकहरुको पनि संख्या वृद्धि गर्ने रहेको बताउनु भयो र सोही बमोजिमको योजना एवं तालिका तयार गरी सेन्टरलाई सञ्चालन गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS