IME Life New

मूल्य समायोजन गर्दा झन्डै रु. १०३ ले घट्यो सिंगटी हाइड्रोको शेयरभाउ, अब कतिमा खुल्छ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हकप्रद शेयर निष्कासन प्रयोजनार्थ मूल्य समायोजन गर्दा सिंगटी हाइड्रो इनर्जीको शेयरभाउ झन्डै १०३ रुपैयाँले घटेको छ।

हकप्रद शेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै सिंगटी हाइड्रोको प्रतिकित्ता २०२.९० रुपैयाँ कायम गरेको छ। आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ३०५.८० रुपैयाँ रहेको छ। यो हिसाबले मूल्य समायोजन गर्दा यो कम्पनीको शेयरभाउ प्रतिकित्ता १०२.९० रुपैयाँले घटेको छ। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

हकप्रद शेयर निष्कासन प्रयोजनार्थका लागि यो कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज पुस १९ गते (पुस २० गते शुक्रबार र पुस २१ गते शनिबार परेकाले)सम्म कायम शेयरधनी यो कम्पनीको हकप्रद भर्न पाउन योग्य भएका छन्।

सिंगटी हाइड्रोले गत पुस ११ गते नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर बिक्री गर्नका लागि अनुमति पाएको हो। कम्पनीले १०० अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ रुपैयाँ करोड छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS