IME Life New

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड, साढे ११ लाख बढीको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आइपीओ मंगलबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलको कार्यालयमा मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड गरिएको हो। आइपीओ बाँडफाँड कार्यक्रम बिहान १० बजे राखिएको थियो।

Esewa
Crest

क्यापिटलका अनुसार १३ लाख ४० हजार १९९ आवेदकबाट कुल १ करोड ४५ लाख ४० हजार ३१० कित्ता माग भएको थियो। जसमा १२ लाख ७४ हजार ५६७ आवेदकबाट परेको १ करोड ३६ लाख ४ हजार ९१० कित्ता सदर भएको छ भने बाँकी ६५ हजार ६३२ आवेदकबाट परेको ९ लाख ३५ हजार ४०० कित्ता विभिन्न कारणले रद्द र बदर भएका छन्।

कम्पनीले दोस्रो चरणमा गत मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। जसअनुसार ४२ हजार कित्ता शेयर कर्मचारीहरु र ७० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको थियो।

मागभन्दा बढी आवदेन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको। जसमा सदर आवदेकमध्ये भाग्यमानी १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यस हिसाबले सदर आवेदकमध्ये ११ लाख ५९ हजार ७६७ आवेदकको हात खाली भएको छ।

यो आईपीओ अन्तिम नतिजा केहीबेरमा सीडीएससी, धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS