IME Life New

मिस्ट्री खोला-२ जलविद्युतको भौतिक संरचना निर्माण नगर्न सर्वोच्चको परमादेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सर्वोच्च अदालतले म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ मा मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना तत्काल निर्माण नगर्न परमादेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आइतबार यस्तो परमादेश जारी गरेको हो। मिस्ट्री खोला २ जलविद्युत् आयोजना निर्माण गर्दा तातोपानीको कुण्ड नष्ट हुने दाबी गर्दै सर्वोच्चमा रिट परेको थियो।

Esewa
Crest

परमादेशमा त्यहाँ जलविद्युत् आयोजना निर्माण गर्दा तातोपानी कुण्ड सुकेर अपूरणीय क्षति पुग्ने ठहर गरिएको छ। ‘जलविद्युत् आयोजना अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्छ र त्यसले मानिसको बासस्थान, प्राकृतिक सम्पदा, कृषि तथा पर्यटन व्यवसायमासमेत असर गर्ने भएकोले तत्काल भौतिक संरचना निर्माण नगर्नू’, परमादेशमा भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS