IME Life New

मिथिला लघुवित्तको नयाँ शाखा महोत्तरीको सरपल्लोमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मिथिला लघुवित्त वित्तीय संस्थाले महोत्तरीको मनरा सिस्वा न.पा. –७, सरपल्लोमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाा शाखाको उद्घाटन मनरा सिस्वा नगरपालिकाकी उप प्रमुख रमिता प्रधान र वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद साहले संयुक्त रुपमा गरे ।

कार्यक्रममा बोल्दै, मनरा सिस्वा नगरपालिकाकी उप प्रमुख प्रधानले ग्रामिण क्षेत्रका बासिन्दाहरुले ठुला बैंकबाट वित्तिय सेवा लिन धेरै झन्झटीलो र समय खर्चनु परिरेहेको अवस्थामा मिथिला लघुवित्तले गाउँमै शाखा खोली वित्तीय कारोबार गर्नु सराहनीय कार्य रहेको उल्लेख गरिन् । उनले नगरपालिका र लघुवित्तले हातेमालो गरि विपन्न वर्गलाई सेवा पुर्याउनु पर्ने धारणा व्यक्त गरिन् ।

Esewa
Crest

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले प्रवाह गर्ने सेवा सुविधाहरुको जानकारी दिँदै वित्तीय संस्थाले ग्रामिण क्षेत्रका गरिव जनतालाई उनिहरुको घरदैलोमा गई सेवा सुविधा प्रदान गर्ने उद्देश्यले गाउँमा शाखा खोलिएको बताए ।

हालसम्म लघुवित्तले ३१ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS