IME Life New

मिटरब्याज पीडितका गुनासो सम्बोधन गर्न तोकियो सम्पर्क व्यक्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याज पीडितका गुनासो सम्बोधन गर्न सम्पर्क व्यक्ति तोकेको छ। मिटरब्याजसम्बन्धी पीडितहरुका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जीएमलाई सम्पर्क व्यक्ति तोकिएको हो।

यसअघि गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच गत फागुन २८ मा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गर्न ४ बुँदे सहमति भएको थियो। सोही सहमतिबमोजिम मन्त्रालयले सम्पर्क व्यक्ति तोकेको हो।

Esewa
Crest

मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सोसम्बन्धी विषय हेर्ने सहजीकरण डेस्कसमेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर, पद, ई–मेल, सम्पर्क नम्बर, मोबाइल नम्बर, तथा अन्य सम्पर्कका माध्यम) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरुमा पठाइसकिएको छ ।

मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासोका लागि टोलफ्री नम्बर १११२, फोन नम्बर ०१–४२११२५७, ई–मेल [email protected] मा र मोबाइल नम्बर ९८५१३६०६०३ (भाइबर, ह्वाट्सएप म्यासेजका लागि) सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS