IME Life New

माल्दिभ्समा नेपाल पुनर्बीमाको निर्जीवन बीमा कम्पनीका सिइओहरु सँग २ दिने सेमिनार सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आजदेखि माल्दिभ्समा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु सँगको सेमिनार कार्यक्रम सुरु गरेको छ । कम्पनीले भारतको ब्रोकर कम्पनी जेबी बोडा ग्रुप सँगको समन्वयमा दुई दिने अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो ।

Esewa
Crest

‘Resilience and reinventing Reinsurance partnership’ विषयक अन्तर्क्रियामा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रविन्द्र घिमिरे, प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझी सहित सम्पुर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको छ ।

२ दिनको अवधिमा चारवटा प्राविधिक सत्रहरु सञ्चालन हुने अध्यक्ष घिमिरेले जनाएका छन् । नेपाल पुनर्बीमा कम्पनीले व्यावसायिकताको विकास गरी बीमा बजारलाई सुधार र विस्तार गर्न यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृतहरुलाई फकाउन पनि यस्तो कार्यक्रम आयोजना गरेको हो । दुई दिनको समिनारमा प्रमुख कार्यकारी अधिकृतहरुको ५ दिनको घुमाइ रहनेछ ।

विदेशी पुनर्बीमा कम्पनीहरुले पनि नेपाली बीमा कम्पनीका सिइओहरुलाई यसरी नै घुमाउन लैजाने प्रचलन चल्दै आएको पाइन्छ । बजारमा अर्को प्रतिस्पर्धी कम्पनी आए पनि नेपाल पुनर्बीमाले पनि मार्केटिङ रणनीति परिवर्तन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS