IME Life New

मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ ल्याउन माग्यो अनुमति, बरुण इन्भेस्टमेन्ट पनि पुग्यो धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा दुईवटा कम्पनीले आईपीओ ल्याउन अनुमति माग्दै निवेदन दिएका छन्।

धितोपत्र बोर्डमा मारुती सिमेन्ट्स र बरुण इन्भेस्टमेन्टले आईपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएका हुन्। यीमधये मारुती सिमेन्ट्सले प्रिमियममा आइपीओ ल्याउन अनुमति मागेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा मारुती सिमेन्ट्सले १०० रुपैयाँ अंकित दरमा १७७ रुपैयाँ प्रिमियम थपेर २७७ रुपैयाँमा आईपीओ ल्याउनेछ। कम्पनीले १ करोड १६ लाख कित्ता शेयर जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

यसैगरी बरुण इन्भेस्टमेन्टले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख ७५ हजार कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS