IME Life New

मानुषी र श्रृजनशील लघुवित्त विच मर्जरको सहमतिपत्रमा हस्ताक्षर, चुक्ता पूँजी २१ करोड नाघ्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुबै कम्पनीका अध्यक्षहरुले आ-आफ्नो सञ्चालक तथा प्रतिनिधिहरुको रोहबरमा चैत २ गते साँझ ६:१५ बजे मानुषीको केन्द्रिय कार्यालय बनेपालमा हस्ताक्षर गरेका हुन् ।

बनेपामा केन्द्रिय कार्यालय रहेको मानुषी र सिरहामा केन्द्रिय कार्यलाय रहेको श्रृजनशीलको पनि चुक्ता पूँजी १० करोड ९३ लाख ५० हजार रुपैयाँ नै रहेको छ । पछिल्लो वित्तीय विवरण अनुसार मानुषीको प्रतिशेयर आम्दानी ऋणात्मक छ भने श्रृजनशीलको ३० रुपैयाँ रहेको छ । दोस्रो बजारमा मानुषीको शेयर मूल्य ७७० रुपैयाँ रहेको छ भने श्रृजनशीलको १५०० रुपैयाँ रहेको छ ।

Crest

मानुषीले २०७८ साउनमा आइपिओ निष्काशन गरेको थियो भने श्रृजनशिलले २०७९ भदौमा आइपिओ जारी गरेको थियो । दुबैले अहिलेसम्म लाभांश दिएका छैनन् । मानुषीको जगेडा कोषमा ७ करोड रुपैयाँ रहेको छ भने श्रृजनशिलको १० करोड ४५ लाख रुपैयाँ छ । मर्जर पछि चुक्ता पूँजी २१ करोड ८७ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS