IME Life New

माघ ९ गतेदेखि लिन्च स्टक मार्केटले हकप्रद शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिन्च स्टक मार्केट लिमिटेडले १ बराबर शून्य दशमलव २० को अनुपातमा हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले माघ ९ गतेदेखि उक्त हकप्रद शेयर विक्रीमा ल्याउने भएको हो । कम्पनीले पुस ८ गतेसम्म कायम रहेका शेयरधनीहरूले आवेदन दिन पाउने गरी २ लाख ४५ हजार ३७ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो ।

प्रतिशेयर १०० रूपैयाँमा कम्पनीले आगामी ३५ दिनभित्र आवेदन दिन पाउने गरी विक्रीमा ल्याउने भएको कम्पनीले जनाएको छ । सम्बन्धित शेयरधनीहरूले हकप्रद शेयर वापतको रकम लिन्च स्टक मार्केट लिमिटेडको नाममा रहेको मुक्तिनाथ विकास बैंकको नयाँ बानेश्वर शाखामा रहेको बैंक खाता नम्बर ०४८१०२००२२११८३०००००१ मा जम्मा गरी सो को भौचर कम्पनीको लेखा शाखामा बुझाउनुपर्नेछ ।

Esewa
Crest

कम्पनीको हकप्रद शेयर फागुन १४ गतेसम्म विक्रीमा रहनेछ । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि लिन्च स्टक मार्केट लिमिटेडनै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS