IME Life New

माघ १५ गतेसम्म स्कुल बन्द, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा सुचारु हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरुलाई विदा दिने निर्णय गरेको छ । हालैका दिनहरुमा कोभिड १९ को संक्रमण तिव्ररुपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य सुरक्षा तथा बचावटको विषयलाई विशेष ध्यान दिदै विदा दिने भएको हो ।

मन्त्रालयले देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरुमा वार्षिक विदामा मिलान हुने गरी यहि पुस २७ गतेदेखि माघ १५ गतेसम्म विदा दिने दिनर्ण गरेको हो । विदाको अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसाग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना वालवालिकाहरुलाई पठाईदिन मन्त्रालयले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।

Esewa
Crest

विदाको अवधिमा विद्यालयहरुले सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजिकरण गर्ने प्रवबन्ध मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालिना हुने गरी जेड आधारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्न समेत सबैलाई मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS