IME Life New

माघे संक्रान्तिमा सन सेक्युरिटिजको शेयर बजारसम्बन्धी निःशुल्क तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन सेक्युरिटिज प्रालिले माघे संक्रान्तिको अवसरमा सन सेक्युरिटिजको कार्यालयमा सोमबार लगानीकर्तालाई शेयर बजारसम्बन्धी निःशुल्क सचेतना तथा तालिम कार्यक्रम सञ्चालन गरेको छ। शेयर बजारसम्बन्धी आधारभूत र प्राविधिक विश्लेषणअन्तर्गतको क्यान्डल प्याट्रनसम्बन्धी २ वटा तालिम कार्यक्रम सञ्चालन गरिएको थियो। तालिम कार्यक्रममा १५० जना लगानीकर्ताको सहभागिता थियो।

विहान ११ बजेदेखि १ बजेसम्म शेयर बजारसम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो। जसमा शेयर बजारको वर्तमान अवस्था, शेयर बजारमा निहीत जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो। शेयर बजार यसको आधारभूत पक्षसम्बन्धी यस तालिम कार्यक्रममा सन सेक्युरिटिजका रवि बुढाथोकी र सञ्चित बज्राचार्यले तालिम प्रदान गरेका थिए।

Esewa
Crest

दिउँसो २ बजेदेखि ४ बजेसम्म शेयर बजारको प्राविधिक विश्लेषणअन्तर्गत क्यान्डल विश्लेषणसम्बन्धी अर्को तालिम कार्यक्रम सञ्चालन गरिएको थियो। जसअन्तर्गत प्राविधिक विश्लेषण र यसको महत्व, प्राविधिक विश्लेषणमा प्रयोग हुने चार्टहरु, क्यान्डल चार्ट बन्ने विधि, क्यान्डका विभिन्न स्वपरुप र तिनीहरुको कारोबारमा हुने प्रयोग तथा यसको महत्व, क्यान्डलको ब्याक टेस्टिङ गर्ने विधिलगायतका विषयमा तालिम प्रदान गरिएको थियो। प्राविधिक विश्लेषक सुशील भट्टराईले प्राविधिक विश्लेषणसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रमको अन्त्यमा लगानीकर्ता तथा प्रशिक्षार्थीहरुका कारोबारसम्बन्धी विभिन्न प्रश्न तथा जिज्ञासाहरुका साथ अन्तर्क्रियासमेत सञ्चालन गरिएको थियो। अन्तरक्रियात्मक कार्यक्रम कम्पनीका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सञ्चालन गरेका थिए।

कार्यक्रममा कार्यकारी अध्यक्ष गिरीले अब आउने शुक्रबार अर्थात माघ महिनाको पहिलो शुक्रबार लगानीकर्ताबीच पेपर प्रेजेन्टेसनसहितको अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गरिने र सो कार्यक्रममा लगानीकर्ताहरुले कारोबारका क्रममा भोगका विभिन्न अनुभव र जिज्ञासासमेत आदानप्रदान गरिने बताए।

उक्त अन्तरक्रियात्मक कार्यक्रममा इच्छुक जोकोही लगानीकर्ता सहभागी हुन सक्नेसमेत गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS