IME Life New

माघसम्ममा लघु जीवन बीमा कम्पनीले संकलन गरे साढे ६२ करोड बीमाशुल्क

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को माघ महिनासम्ममा लघु जीवन बीमा कम्पनीहरुले कुल साढे ६२ करोड बीमाशुल्क संकलन गरेका छन् । हाल सञ्चालनमा रहेका गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रो लाइफ गरी ३ कम्पनीहरुले माघ महिनासम्ममा ६२ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । यी कम्पनीहरुले ७ लाख ४६ हजार ८ सय वटा बीमा पोलिसी बिक्री गरी सो बीमाशुल्क संकलन गरेका हुन् ।

माघ महिनासम्ममा गार्डियन माइक्रो लाइफले कुल ५ लाख २४ हजार ४१२ वटा बीमा पोलिसी बिक्री गरी २४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । क्रेष्ट माइक्रो लाइफले १ लाख ३८ हजार ७३० वटा बीमा पोलिसी बिक्री गरी कुल २२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

Crest

यता लिबर्टी माइक्रो लाइफले यस अवधिसम्ममा८३ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरी कुल १५ करोड १६ लाख रुपैयाँ बीमाशुलक संकलन गरेको छ ।

माघ महिनामा मात्रै यी कम्पनीहरुले कुल ७ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये गार्डियनले २ करोड ९९ लाख, क्रेष्टले २ करोड ७७ लाख र लिवर्टीले १ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS