IME Life New

माउन्टेन हाइड्रोद्वारा वार्षिक साधारणसभाबाट आह्वान, १००% हकप्रद जारी गर्ने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन हाइड्रो नेपालले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार (पुस १ गते) बसेको बैठकले वार्षिक साधारणसभा पुस २३ गते काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्यांक्वेटमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा वित्तीय प्रतिवेदनहरु अनुमोदन गर्नेछ।

उक्त आर्थिक वर्षका लागि भने कम्पनीले कुनै पनि लाभांशको प्रस्ताव सभामा पेस गर्ने छैन।

वार्षिक साधारणसभाका लागि कम्पनीले पुस १३ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेको अघिल्लो दिनसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभाबाट सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS