IME Life New

माउन्टेन इनर्जीको बोनश शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ। गत चैत १३ गते सम्पन्न कम्पनीको दशौँ वार्षिक साधारण सभाले अनुमोदन गरेको १५ प्रतिशत बोनश शेयर हितग्राही खातामा जम्मा गरेको हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको खातामा सो बोनस शेयर जम्मा गरेको हो। सो बोनश शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।

Esewa
Crest

त्यस्तै, फागुन २९ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनश शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ । । कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS