IME Life New

माउन्टेन इनर्जीको नाफामा सामान्य संकुचन, विद्युत बिक्रीको आम्दानी पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३५ करोड ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १.६३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३५ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७३ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि १.१८ प्रतिशतले घटेको छ।

कम्पनीको सञ्चालन मुनाफाबाट घटेर ४९ करोड ३४ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ५० करोड ७७ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ३१.६० प्रतिशतले बेर १ अर्ब ५२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब १५ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर १७.७९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस १८.०८ रुपैयाँ थियो। पीई रेसियो ३६.८२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १७७.३२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS