IME Life New

माउन्टेन इनर्जीको एजिएम आज, कहिलेसम्म शेयर किन्नले पाउँछन् १५% बोनश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज १०औं वार्षिक साधारण सभा गर्दैछ । सभा अम्रपाली बैंक्वेट क्याटेरिङ एण्ड इभन्ट्स, भाटभटेनी–काठमाडौंमा बिहान साढे १० बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित, नगद प्रवाह र नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

सथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभाको प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज गरेको थियो । त्यसकारण फागुन २९ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS