काठमाडौं । केही समय अघि मात्र आईपीओ आएको महिला लघुवित्तको शेयर मूल्य आज ५००० कटेको छ। कम्पनीको बजार मूल्यमा आज पनि सर्कीट लाग्दै मूल्य प्रति कित्ता ५०३० पुगेको छ। कम्पनीको सर्किट मूल्य ५०३० मा यो समाचार तयार पार्दा सम्म १ लाख २२ हजार कित्ता खरिदकर्ता रहेका छन् भने बिक्रीकर्ता तर्फ शुन्य संख्या छ।


















