IME Life New

महासंघ र लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रबीच सहकार्य गर्ने समझदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु तथा साना उद्योग प्रवर्द्धनका क्षेत्रमा साझेदारी र सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकार, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र केन्द्रका कार्यकारी निर्देशक दिपक घिमिरेले हस्ताक्षर गरेका छन्।समझदारीअनुसार दुवै संस्थाको संयुक्त सहकार्यमा घरेलु तथा साना उद्योग प्रवर्द्धनका क्षेत्रमा साझेदारी र सहकार्यका कार्यक्रमहरु सञ्चालन गरिनेछ।

Esewa
Crest

त्यसैगरी नेपाल सरकारको स्वीकृत वार्षिक कार्यक्रमबमोजिम कार्यान्वयन हुने विषयहरुको सफल कार्यान्वयनका लागि महासंघ र केन्द्रले एक आपसमा सक्रिय सहकार्य गर्ने, कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम कार्यान्वयन सम्बन्धमा महासंघले सहजीकरण गर्ने, घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्न आवश्यक सीप तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य गर्न दुवै संस्था सहमत भएका छन्।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योगी, व्यापारी तथा व्यवसायीहरुको ठूलो संजाल रहेको महासंघले मुलुकको घरेलु तथा साना उद्योग विकासमा सरकारसँगको सहकार्यमा महत्वपूर्ण कामहरु गर्दै आएको र आगामी दिनमा यस क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक घिमिरेले उद्योग व्यवसाय प्रवर्द्धन लगायत रोजगारी सिर्जना गर्नेलगायत मुलुकको अर्थतन्त्र विकासको महत्वपूर्ण मेरुदण्डको रुपमा रहेको महासंघसँग मिलेर काम गर्दा केन्द्रको कार्यक्रमहरु सफल हुने विश्वास व्यक्त गर्दै समझदारीपत्रअनुसार सहकार्य गरिने प्रतिवद्धता व्यक्त बताए।

महासंघका घरेलु तथा साना उद्योग विकास समितिका सभापति नरेन्द्र कुमार खड्काले नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले ल्याएको कार्यक्रमहरु सफल बनाउन महासंघ, घरेलु तथा साना उद्योग विकास समितिले भरपुर सहयोग गर्ने साथै केन्द्र कार्यक्रमको पूर्ण सफलताका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा कार्यकारिणी समितिका सदस्यहरु एवं महासंघको घरेलु तथा साना उद्योग विकास समितिका सदस्यहरुको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS