IME Life New

महासंघको पहलमा १० अर्बको ‘लगानी कम्पनी’ स्थापना हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी–व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगन्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा उक्त जानकारी दिएका हुन्।

अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ। कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ। यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए।

Esewa
Crest

कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताए। राजनीतिक दलहरुको आर्थिक विषयमा एकै अजेन्डा हुन नसक्दा समन्यव र सुधार नभएको उल्लेख गर्दै उनले महासंघको चैत्र अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने जानकारी पनि गराए।

महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहद आर्थिक बहस यसको कोशेढुंगा भएको जानकारी पनि ढकालले गराए। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै उनले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए। ‘अभैm हामीले प्रयास गर्नुपर्छ’, उनले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS