IME Life New

मर्जर र मन्दीकाे असरः बीमा कम्पनीले धमाधम जनशक्ति कटाैती गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । देशकाे अर्थतन्त्रमा देखा परेकाे मन्दी र  बीमा कम्पनीहरूकाे मर्जरका कारण कर्मचारी संख्या र कार्यालय संख्या दुबै घट्न थालेकाे छ। नेपाल बीमा प्राधिकरणले ताेकेकाे चुक्ता पूँजी पुर्याउनका लागी जीवन तथा निर्जीवन बीमा कम्पनीहरू मर्जरकाे विकल्प राेज्न बाध्य हुँदा जनशक्ति कटाैती शुरू भएकाेमा आर्थिक मन्दीले यसलाई निरन्तरता दिन उच्च व्यवस्थापनलाई बाध्य बनाएकाे छ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत पुस महिनादेखि बीमा कम्पनीहरूकाे जनशक्ति वृद्धि दर नकारात्मक हुँदै गएर फागुन मसान्तसम्म आइपुग्दा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूमा कार्यरत कूल कर्मचारी स‌ंख्या ११,५२४ मा झरेकाे छ। यसैगरी कार्यालय संख्या ३,२१५ मा झरेकाे छ। चालू आव २०७९।८० काे साउन प्रारम्भमा कूल कार्यालय संख्या ३,३६६ र कर्मचारी संख्या ११,८६१ रहेकाे थियाे । आठ महिनाकाे तुलनात्मक अध्ययन गर्दा ३३७ जना जनशक्ति बीमा क्षेत्रबाट बाहिरिएकाे छ। यसैगरी कार्यालय स‌ंख्या १५१ ले खुम्चिएकाे छ।

Esewa
Crest

चालू आर्थिक वर्षकाे मंसिर मसान्तसम्म नयाँ जनशक्ति भर्ना वृद्धि दर सकारात्मक रहेकाे थियाे । म‌ंसिर महिनामा कर्मचारी भर्नामा पाैष महिनाकाे तुलनामा २.३१  प्रतिशतले वृद्धि भएर कूल  कर्मचारी संख्या ११,७१७ पुगेकाे थियाे । यसैगरी कार्यालय स‌ंख्यामा ३.३५ प्रतिशतले वृद्धि भएर ३,३५८ पुगेकाे थियाे । पाैष महिनादेखि लगातार कर्मचारी र कार्यालय दुबैकाे संख्या कटाैती हुँदै गएकाे हाे। प्राधिकरणले सार्वजनिक गरेकाे मासिक प्रगती विवरण अनुसार मंसिरयता ३ महिनाकाे अवधिमा कर्मचारी संख्या १९३ ले घटेर ११५२४ मा आइपुगेकाे छ।

मन्दीकाे कहर देखिन अझै बाँकीः

विश्वव्यापीरूपमा फैलिएकाे मन्दीकाे बाछिटा नेपालकाे अर्थतन्त्रमा देखा परेसँगै जीवन तथा निर्जीवन बीमा व्यवसायकाे बिस्तार दर पनि खुम्चिंदै गएकाे छ। फागुन मसान्तसम्म जेनतेन गत आर्थिक वर्षकाे हाराहारी बीमाशुल्क आर्जन स‌ंभव भएपनि चैत्र मसान्तमा वृद्धि दर नकारात्मक हुने अनुमान जीवन बीमकले गरेका छन् । महँगीसँगै सर्वसाधारणकाे बचत गर्ने क्षमता खुम्चिंदै गएकाले जीवन बीमा व्यवसायमा पनि नकारात्मक असर देखा पर्ने भएकाे हाे । यसैगरी औद्याेगिक उत्पादनहरुमा कटाैतीका कारण निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमालगायतकाे जाेखिमवापत प्राप्त गर्ने बीमाशुल्क आम्दानी खुम्चि‌ंदै जानेछ।

मन्दीकाे प्रभावबाट गुज्रिरहेका बेला संचालन खर्च कटाैती गर्ने हर संभव उपाय गर्दै बीमा कम्पनीहरू जनशक्ति कटाैती र कार्यालय संख्या घटाउने अस्त्रकाे प्रयाेग शुरू गरिसकेका छन् । जीवन बीमा कम्पनीहरूमध्ये सर्वाधिक ठूलाे संख्यामा जनशक्तिलाई राेजगारी दिएकाे नेपाल लाईफले स्वेच्छिक अवकाश याेजना अन्तर्गत कर्मचारी कटाैती मात्र गरेकाे छैन, रणनीतिक उपस्थितिका लागी आवश्यक बाहेक अन्य कार्यालयहरु धमाधम बन्द गर्दै गइरहेकाे छ।

मर्जरमा गएका जीवन बीमा कम्पनीहरुमध्ये सूर्य लाईफ र ज्याेती लाईफले घाेषणा गरेकाे स्वेच्छिक याेजना अन्तर्गत ९० कर्मचारीले अवकाश राेजे । पाेष ७ गतेदेखि एकीकृत काराेबार शुरू गरेकाे सूर्यज्योति लाईफमा अवकास योजनापछि कूल जनशक्ति स‌ंख्या ६५० झर्याे ।

बीमा कम्पनीहरुले मर्जर अघि नै करार सुविधामा रहेका कर्मचारीकाे सम्झाैता नविकरण नगरी बिदाई गर्ने, मर्जरपछि अनावश्यक देखिएका कर्मचारीलाई भूमीकाविहीन बनाई दिएर राजीनामा गर्न बाध्य बनाउने रणनीति अपनाएका छन् । यसैगरी मर्जरमा गएका वा नगएका दुबै खाले कम्पनीहरूले कर्मचारी कटाैतीकाे रणनीति अन्तर्गत अस्वाभाविक व्यवसायीक लक्ष्य र जिम्मेवारी दिएर मानसिक तनाव दिने, अपायक स्थानमा सरूवा गर्ने समेतकाे रणनीति अपनाएर बाहिरिन बाध्य बनाई रहेकाे भन्दै नेपाल वित्तीय स‌ंस्था कर्मचारी संघले औपचारिकरुपमा विराेध समेत जनाई सकेकाे छ।

उच्च व्यवस्थापनले पर्याप्त सेवा सुविधा उपयाेग गरिरहेका दक्ष जनशक्तिलाई बिदाई गरेर अत्यावश्यक कार्यका लागी प्रशिक्षार्थी वा करार वा बाह्य कम्पनीमार्फत् कर्मचारी भर्ना कार्य जारी राखेकाले कार्यरत जनशक्तिकाे कूल स‌ंख्यामा ठूलाे अन्तर नदेखिए पनि कर्मचारीकाे मासिक खर्च शीर्षककाे खर्च रकम ठूलाे अन्तरले कटाैती भएकाे अनुमान गरिएकाे छ।

नयाँ खुल्दै गरेका सातवटा लघु बीमा कम्पनीहरुमा प्रशासनिक क्षेत्रकाे कामका लागी राेजगारीकाे सीमित अवसर मात्र रहनेछ। बजारीकरणकाे दक्षता भएका जनशक्तिले अवसर हात पार्न सकेपनि प्रशासनिक काम गर्दै आएका जनशक्तिले अवसर गुमाए पछि पुनः काम हात पार्ने स‌ंभावना अबकाे केही समय कमजाेर हुनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

22%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

44%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS