IME Life New

भ्रष्टाचार मुद्दामा सफाइ पाएका मरासिनीलाई अर्थसचिवको जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचार मुद्दामा सफाइ पाएका मधुकुमार मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिइएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सचिव मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको हो।

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको हो। पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मरासिनी निलम्बनमा परेका थिए। त्यतिबेला उनी उद्योग मन्त्रालयमा थिए। विशेष अदालतले सफाइ दिएपछि मरासिनीको निलम्बन फुकुवा भएको थियो।

Esewa
Crest

यसअघि अर्थसचिव जिम्मेवारी सम्हालिरहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS