IME Life New

भोलि देशभर सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि जेठ १५ गते गणतन्त्र दिवस हो । यसै अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ । गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइन्छ । भोलि बैंकिङ, शेयर बजार, बीमा कम्पनी र सरकारी कार्यालयहरु पनि बन्द हुनेछन् । भोलि बजेट भाषन पनि रहेको छ ।

गणतन्त्र दिवसको अवसरमा सरकारी कार्यालय, राजनीतिक दल, राजनीतिक दलका भातृ संगठन, विभिन्न संघ संस्थाहरूले पनि आआफ्ना किसिमले विभिन्न कार्यक्रमको आयोजना गर्ने गर्छन् ।

Esewa
Crest

२०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि मुलुक क्रमशः गणतन्त्र उन्मुख हुन पुगेको थियो । २४० बर्से जहानियाँ शासनको अन्त्य गर्दै २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकमार्फत मुलुक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरिएको थियो । सो घोषणासँगै नेपाल गणतन्त्रात्मक मूलक भएको अवसरमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS