IME Life New

भिजिट भिसामा विदेश जान लागेका २४६ जनाको कागजात नक्कली, संगठित अपराधमा सरकारी कर्मचारीकै मिलेमतो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रमण भिसामा विदेश जान लागेका २४६ जनाको कागजात नक्कली फेला परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा संगठित रुपमा यसरी नक्कली कागजात बनाई मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ। यसरी मिलेमतोमा विदेसिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेको कार्यालयको ठहर छ।

Esewa
Crest

प्रहरीले शंकास्पद कागजातसहित गएको असोजदेखि नै अनुसन्धान थालेको थियो। त्यस क्रममा १ हजार ५१२ जनाका कागजात अध्ययन गर्दा २४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरणलगायतका कागजात नक्कली पाइएको कार्यालयले जनाएको छ।

अनुसन्धानका क्रममा सरकारी कर्मचारीसहित, एजेन्ट, कन्सल्टेन्सी, ट्राभल एजेन्सीहरुले एयरलाइन्सलाई प्रतिव्यक्ति १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० रुपैयाँदेखि ५५ हजार रुपैयाँ दिएर मिलेमतोमा मिलाई पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ। मिलेमतोमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३५ जनाभन्दा बढीलाई प्रहरीले विभिन्न मितिमा पक्राउ गरी संगठित अपराध, लिखतसम्बन्धी कसुरसमेतका अपराधमा आवश्यक कारबाही थालिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS