IME Life New

‘भिजिट नेप्से’ कार्यक्रम सञ्चालन गर्दै नेप्से, सामाजिक सञ्जालको पनि सदुपयोग गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘भिजिट नेपाल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नेप्सेको आर्थिक वर्ष २०७९/८० वार्षिक प्रतिवेदनमा ‘भिजिट नेपाल’ मुख्य कार्यक्रममा समावेश गरिएको छ। यो कार्यक्रमको मुख्य उद्देश्य देशका विभिन्न स्थानका कलेज तथा विद्यालयका विद्यार्थीलाई दोस्रो बजारसम्बन्धी जानकारी दिनु रहेको छ।

Esewa
Crest

यसैगरी नेप्सेले लगानीकर्ता, सञ्चारकर्मीलगायत सरोकारवाला लक्षित पुँजीबजार सचेतना तथा साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ। नवप्रवेशी कारोबार सदस्यलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने पनि नेप्सेले कार्यदिशा लिएको छ। दोस्रो बजारसम्बन्धी निबन्ध प्रयोगिता पनि गरिने नेप्सेले जनाएको छ।
नेप्सेले सामाजिक सञ्जालको पनि सदुपयोग गर्ने भएको छ। सामाजिक सञ्जालमार्फत नेप्सेका गतिविधिलाई प्रचारप्रसार गर्ने लक्ष्य नेप्सेले राखेको छ।

कर्मचारी व्यवस्थापन तथा संगठन संरचना पुनरावलोकन गर्ने कार्ययोजना पनि नेप्सेको रहेको छ। जसअन्तर्गत कर्मचारीको कार्यदक्षता तथा उत्पादकत्व वृद्धि गर्न तालिमहरुमा सहभागी गराउने, कर्मचारीहरुलाई प्रदान गरिने सेवासुविधाको पुनरावलोकन गर्ने र सेवाका विभिनन पदहरुमा विनियमावलीअनसार पदपूर्ति गर्ने नेप्सेको उद्देश्य रहेको छ।

सूचना प्रविधि विज्ञ र व्यवसाय विकास विज्ञको सेवा प्रप्ता गर्ने योजना बनाएको नेप्सेले सूचना प्रविधि अधिकृत, सहायक स्तर र कार्यालय सहयोगी र सवारीचालकको सेवा प्राप्त गर्ने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS