IME Life New

भिजन सेक्युरिटिजद्वारा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा शेयर बजार सम्वन्धी साक्षात्कार कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन सेक्युरिटिज् (स्टक ब्रोकर नं. ३४) र महेन्द्ररत्न बहुमुखी क्याम्पस ईलामको आयोजनामा चैत ६ गते मंलगवार शेयर बजार सम्वन्धी साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । ग्लोबल मनी विक २०२४ को अवसरमा महेन्द्ररत्न बहुमुखी क्याम्पस अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी र यस प्रा.लि.को ईलाम शाखा कार्यालयको आयोजनामा क्याम्पसको हलमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

अरेरास्ववियु महेन्द्र रत्न बहुमुखी क्याम्पस ईलाम व्यवस्थापन संकाय कमिटी अध्यक्ष रतन तामाङ्गको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यक्रम तथा अनेरास्ववियु केन्द्रीय सदस्य अशोक खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक तारानाथ पराजुली, अनेरास्ववियु जिल्ला कमिटि ईलामका सह सचिवद्वय सुशान्त चापागाँई र विशाल कार्की, क्याम्पस कमिटिका अध्यक्ष गोपीराज आङ्देवे, भिजन सेक्युरिटिज प्रा.लि. ईलामका शाखा प्रमुख मनोज राई लगायत व्यवस्थापन संकायका लगभग २३० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Esewa
Crest

दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.का ईलाम शाखा प्रमुख मनोज राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसै गरी अनेरास्ववियु जिल्ला कमिटि ईलामका सहसचिव सुशान्त चापागाँईले सम्वन्धीत निकायहरुसंग समन्वय गरि समय समयमा यस प्रकारका कार्यक्रमहरु गरिने बताए । क्याम्पसका प्रध्यापक तथा शेयर बजार सम्वन्धी जानकार तारानाथ पराजुलीले विद्यार्थीहरुलाई पुजीँवजार सम्वन्धी अध्ययन गरेर, वुझेर मात्र लगानी गर्न सुझाउदै विद्यार्थी जीवनवाटै शेयर वजारमा गरेको लगानीले राम्रो प्रतिफल दिन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS