IME Life New
GBIME

भारतीय सञ्चारमाध्यममा ‘नेपालमा एम्पियर इलेक्ट्रिक स्कुटरहरुको शोरुम सञ्चालन’बारे चर्चा

SPIL
Global College
Nepal Life

काठमाडौं । ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेसनल प्रालिले नेपालमा इलेक्ट्रिक स्कुटरहरुको पहिलो शोरुम सञ्चालनमा ल्याएसँगैै भारतीय सञ्चारमाध्यमको हेडलाइनको केन्द्रविन्दु बनेको छ।

भारतको प्रेस ट्रस्ट अफ इन्डिया नामक अनलाइन सञ्चारमाध्यमले नेपाली बजारको बढ्दो मागलाई सम्बोधन गर्दै केडिया अर्गनाइजेसनले नेपालमा एम्पियर इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधनको बिक्री, मार्केटिङ, वितरण र बिक्रीको लागि विशेष आधिकारिक वितरक हुने उल्लेख गरेको छ। त्यस्तै अन्य ७३ वटा सञ्चारमाध्यमहरुले पनि केडिया इन्टरनेशनल प्रा।लिले नेपालमा आफ्नो पहिलो शोरुम सञ्चालनमा ल्याई विश्व बजारमा प्रवेश गरेको घोषणा गरेको छ।

Crest

ग्रीभ्स इलेक्ट्रिक मोबिलिटी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक केडिया इन्टरनेसनलले नेपालमा इलेक्ट्रिक स्कुटरहरुको बुकिङ खुला गरिसकेको छ। ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीले दुई इलेक्ट्रिक स्कुटर मोडल, एम्पियर प्राइमस र एम्पियर म्याग्नस इएक्सका लागि बुकिङ खुल्ला गरेको हो।

हाल एम्पियरका विद्युतीय स्कुटरहरु टेकु शोरुममा सहज रुपमा उपलब्ध रहेका छन्। कम्पनीले चाँडै नै नेपालभरका प्रमुख सहरहरुमा विस्तार गर्ने जनाएको छ। ग्राहकले टेस्ट ड्राइभिङका लागि एम्पियरको सोसिएल मिडिया प्लाटफर्म माफर्त स्कुटर बुक गर्न सक्छन, बुक गरेपछि टेस्ट ड्राइभिङका लागि कम्पनीका प्रतिनिधि स्कुटर घरमै लिएर आउनेसक्ने कम्पनीले जनाएको छ।

कम्पनीले ग्राहकहरुलाई नेपालमा विद्युतीय सवारी साधनको नयाँ युगको सुरुवात भएको बताउँदै एम्पियरको साथ दिगो, कुशल र स्टाइलिश यातायातको यात्रा सुरु अनुरोध गरेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS