IME Life New

भारतसँग बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौता, १० वर्षमा १० हजार मेगावाट लैजाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

यो सम्झौतासँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ। हाल नेपालबाट भारततर्फ साढे ६०० मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS