IME Life New

भायानेटले ल्यायो रिफरल योजना, तीन महिनासम्म इन्टरनेट र राउटर फ्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्।

योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन्। साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा फाई प्याक सफलता पूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन्। ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको ब्यक्तीले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ ।

Esewa
Crest

भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन्। ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग(इन गरी आफ्नो फ्री इन्टरनेट दावी गर्न सक्नेछन्। भायानेट ले प्रत्येक हप्ता एम आइको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम सङ्कलन गर्न सम्पर्क गर्नेछ।

भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले अल्ट्रा फाई लाइन अप अन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ। विशेषगरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेटसँगै २ ओटा भायाटिभीहरू पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ।

भायानेटले यस नयाँ रिफरल योजना मार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको छ। यो अफर सीमित अवधिको लागि मात्र रहने भएकाले सुविधाको लाभ उठाउन तुरुन्त सम्पर्क गर्न भायानेट आग्रह गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS