IME Life New

भायानेटले ल्याये मिनी प्याकको नयाँ अफर, इन्टरनेट र टिभीको प्रति महिना ८ सय मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौंः। भायानेटले भायाटिभी सहित मिनी प्याकको नयाँ अफर सुरू गरेको छ । अब ग्राहकहरूले ८ सय मा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भाया टिभी पनि प्राप्त गर्नेछन् । सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो मिनी प्याक उपलब्ध गराएको हो । यस अफर मार्फत ग्राहकहरूले उच्च–गतिको इन्टरनेटको साथ–साथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्नेछन् । भाया टिभीद्वारा ग्राहकहरुले १७५+ च्यानलहरू, चलचित्र र टेलिश्रृंखलाहरू हेर्न सक्नेछन्।

यसअघि भाया नेटले मिनी प्याकमा ७५ एमबीपीएस हाई स्पीड इन्टरनेट सहित निःशुल्क एनसेल सिम र ४८ जीबी मोबाइल डाटा उपलब्ध गराएको थियो। ग्राहकले अझै पनि ८ सय प्रति महिनामा यो अफरको मज्जा लिन सक्नेछन् ।

Esewa
Crest

यसबाहेक भायाटिभी को सेट–उपबक्समा ‘पज एन्ड प्ले’ को सुविधा रहेको छ जस मार्फत प्रयोगकर्ताहरूले लाइभ टिभी कार्यक्रमहरू पजगरि पछि हेर्ने फाइदालिन सक्नेछन् । मिनी प्याकका सब्स्क्राइबर हरूले भाया टिभीको सेवा आफ्नो मोबाइल उपकरणहरूमा पनि प्राप्त गर्न सक्छन्। प्रयोगकर्ताहरूले गुगल प्लेस्टोर वा एप्पलएप स्टोर मार्फत भाया टिभी एप डाउनलोड गरी आफ्नो उपकरणहरू बाट भाया टिभीको सुविधाहरू लिन सक्नेछ्न्।

उच्च–गतिको इन्टरनेटको अन्य योजनाहरू अन्तर्गत, भायानेटले अल्ट्रा–फाई इन्टरनेट प्याकहरू पनि उपलब्ध गराई रहेको छ । अल्ट्रा–फाई प्याकको मुख्य विशेषताभनेको १७५ एमबीपीएस इन्टरनेट योजनाहो जसको सब्स्क्रिप्शनमा २ वटा भाया टिभी हरू पनि उपलब्ध छन्। यसको मूल्यमात्र रू १२५० प्रतिमहिना रहेको छ।

मिनी प्याक मार्फत भायनेटले सामान्य उपभोक्ताहरू मात्र नभई उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूको विशेष आवश्यकता पनि पूरा गर्ने आशा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS