IME Life New

भर्खरै १००% हकप्रद ल्याउने अनुमति पाएको अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अरुण भ्याली हाइड्रोपावरको २६ औं वार्षिक साधारणसभा आज पुस २९ गते कम्पनीका अध्यक्ष जीवनराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ।

काठमाडौंको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्स सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ। कम्पनीले कोशी प्रदेशको संखुवासभा जिल्लामा बहने पिलुवाखोलामा निर्माण गरिएको ३.० मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो। आयोजनाले २०६० साल असोज १ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ। यस आयोजनाबाट उत्पादित विद्युतले नेपालका पूर्वी पहाडी जिल्लाहरुलाई लोडसेडिङमुक्त बनाउन ठूलो योगदान गरिरहेको छ।

Esewa
Crest

त्यसैगरी कम्पनीले ताप्लेजुङ र पाँचथर सिमाना भएर बहने काबेली खोलामा ९.९४ मेगोवाट क्षमता भएको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी २०७८ साल चैत १२ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ। जलविद्युत आयोजनाहरुको विकास र निर्माण गर्दै जाने कम्पनीको उद्देश्य रहेको र हाल कम्पनीसँग निर्माण आयोजना नरहेकोले कम्पनीले साहायक कम्पनीमार्फत आयोजना निर्माण गर्ने निर्णय गरि पिके हाइड्रोपावरमा ५१ प्रतिशत संस्थापक सेयरमा लगानी गरी ओखलढुंगा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मे.वा. क्षमताको लिखु खोला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ।

अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्काशनका लागि अघि बढेको छ। नेपाल धितोपत्र बोर्डले भखरै मात्र अरुण भ्यालीलाई १ः१ को अनुपातमा अर्थात सतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो।

अरुण भ्यालीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता बराबरको सेयर निष्काशन गर्ने छ। सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS