IME Life New

भरतपुर महानगरपालिकाकी प्रमुख दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा आयोजित एक समारोहबीच उनलाई बिहीबार लण्डनका मेयर सादिक खानले अवार्ड प्रदान गरेका छन् । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो ।

मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागीे विशेष समारोहबीच अवार्ड वितरण गरिएको महानगरले जनाएको छ । मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो ।

Esewa
Crest

पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो । बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गरले पनि अवार्ड पाएको प्रमुख दाहालले जानकारी दिइन् ।

अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताइन् ।प्रमुख दाहालले बेलायतका उच्च अधिकारीहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छन् । विकास निर्माणमा भरतपुरले प्राप्त गरेको छलागंकै कारण उनी यो स्थानसम्म पुगेकी हुन् ।

कार्यक्षेत्रमा देखिएको सफलताले नै दाहालले विश्वचर्चित अर्वाड पाएकी हुन् । विश्वभरका नगर प्रमुखमध्ये रेनु दाहालले अन्तर्राष्ट्रिय मेयर पुरस्कार प्राप्त गरेकी हुन् । यसअघि बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन, लन्डनका मेयर सादिक खान, थेरसा मे जस्ता विश्व चर्चित नेताहरुले सो अवार्ड पाएका थिए । यस्तो प्रतिष्ठित अवार्ड प्राप्त गर्ने दाहाल पहिलो नेपाली बनेकी छन् । १६ वर्षदेखि यो अवार्ड वितरण थालिएको थियो ।
विकास निर्माणमा आमुल परिर्वतन गरी दाहालले जनसेवामा सार्वजनिक जीवन नै समर्पण गरेकी छिन् ।

भरतपुरमा दाहालका महत्वकांक्षी योजनाले सफलता प्राप्त गरिरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पुलचोक गोन्द्राङ ६ लेन सडक, रफ्तारमा भित्री सडक कालोपत्रे, नारायणी तटबन्ध, सिटीहल निर्माण, खानेपानीका ठुला योजना तथा सिँचाईका कार्यक्रम अगाडि बढिरहेका छन् । देवघाटमा शवदाह गृह बन्दै छ ।

स्मार्ट लाईटका कारण भरतपुरका सडक रातको समयमा पनि झलमल्ल देखिन्छन् । नदी किनारमा बाढीको प्रकोप संरक्षण गर्दै फुट्पाथसहितको समुन्द्र किनारको झझल्को दिने सि–बिच मोडेल निर्माण गरिएको छ । सदियौंदेखि नारायणी नदीले कटान गरेको हजारौं बिघा जमिन संरक्षण गर्ने, यसको कारण हुने गरेको थुप्रै जनधनको संरक्षण र सौन्दर्यकरण थालिएको छ ।

नेपालकै मध्य स्थानमा रहेको यो महानगरलाई राज्य प्रणालीले पनि विकास, पुर्वाधार, सुशासन, आर्थिक पारदर्शिता, कम बेरुजुलगायतका बिषयलाई हेरेर नेपालकै उत्कृष्ट महानगर घोषणा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS