IME Life New

भरतपुरमा महशुस हुने गरी विकास भएको छः प्रमुख रेनु दाहाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महशुस हुने गरी विकास भएको बताएकी छिन् । हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर १३ को ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भरतपुरमा जनताले आफै महशुस हुने गरी विकास भएको उल्लेख गरिन् ।

‘हामीले बोलेका कुरा पुरा गरेका हौ,उनले भनिन् ,‘हामीले भरतपुरमा विकास भयो भन्नुपदैन । भरतपुरबासीले महशुस भएको कुरा आफै भनिरहनु भएको छ । यसमा हामीलाई गर्व छ ।’

Esewa
Crest

प्रमुख दाहालले भरतपुरमा सडक पूर्वाधारको विकास नभई सबै क्षेत्रमा समानुतिक विकास भएको प्रष्ट पारिन् । अन्य ठाँउबाट भरतपुर आउने व्यक्तित्वहरुले भरतपुरमा भईरहेको विकासलाई मुक्तकण्डले प्रशंसा गर्ने गरेकाले यस विषयमा सन्तुष्ट रहेको उनको भनाई छ ।

भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषिलगायतको क्षेत्रमा अनुभूति हुने गरी विकास भएको भरतपुर जनताले खुलेरै भन्ने गरेको उनले बताइन् ।

‘सत्य कुरा लुक्दैन, उनले भनिन् यो,‘भरतपुरको विकास पहिलाको अवस्था के थियो र अहिले कस्तो भएको छ । यो कुरा घाम जस्तै छर्लङ्ग छ ।’ प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा ६ वर्षको अवधिमा ८ हजार विद्यार्थी बढ्नु शिक्षा क्षेत्रमा भएको ठुलो उपलब्धी भएको धाराणा राखिन
।

नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रकाशित गरेको नमुना विद्यायको नतिजामा भरतपुरका धेरै विद्यालयहरु समावेश हुनु यहाँ भएको शैक्षिक विकासलाई प्रष्ट पारेको उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण न्यौपानेले महानगरपालिकाले शिक्षा क्षेत्रमा धेरै नमुना कार्यहरु गरेको बताए । महानगरपालिकाको साथ र सहयोगबाट विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन सकिएको धारणा राखे ।

कार्यक्रममा विद्यालयको समग्र विकासमा योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडी, जिल्ला शिक्षा ईकाईका प्रमुख भूमिलाल सुवेदीले मन्तव्य व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS