IME Life New

भरतपुरमा महशुस हुने गरी विकास भएको छः प्रमुख रेनु दाहाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा महशुस हुने गरी विकास भएको बताएकी छिन् । हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालय भरतपुर १३ को ४४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भरतपुरमा जनताले आफै महशुस हुने गरी विकास भएको उल्लेख गरिन् ।

‘हामीले बोलेका कुरा पुरा गरेका हौ,उनले भनिन् ,‘हामीले भरतपुरमा विकास भयो भन्नुपदैन । भरतपुरबासीले महशुस भएको कुरा आफै भनिरहनु भएको छ । यसमा हामीलाई गर्व छ ।’

Esewa
Crest

प्रमुख दाहालले भरतपुरमा सडक पूर्वाधारको विकास नभई सबै क्षेत्रमा समानुतिक विकास भएको प्रष्ट पारिन् । अन्य ठाँउबाट भरतपुर आउने व्यक्तित्वहरुले भरतपुरमा भईरहेको विकासलाई मुक्तकण्डले प्रशंसा गर्ने गरेकाले यस विषयमा सन्तुष्ट रहेको उनको भनाई छ ।

भरतपुरको शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषिलगायतको क्षेत्रमा अनुभूति हुने गरी विकास भएको भरतपुर जनताले खुलेरै भन्ने गरेको उनले बताइन् ।

‘सत्य कुरा लुक्दैन, उनले भनिन् यो,‘भरतपुरको विकास पहिलाको अवस्था के थियो र अहिले कस्तो भएको छ । यो कुरा घाम जस्तै छर्लङ्ग छ ।’ प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा ६ वर्षको अवधिमा ८ हजार विद्यार्थी बढ्नु शिक्षा क्षेत्रमा भएको ठुलो उपलब्धी भएको धाराणा राखिन

नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रकाशित गरेको नमुना विद्यायको नतिजामा भरतपुरका धेरै विद्यालयहरु समावेश हुनु यहाँ भएको शैक्षिक विकासलाई प्रष्ट पारेको उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकृष्ण न्यौपानेले महानगरपालिकाले शिक्षा क्षेत्रमा धेरै नमुना कार्यहरु गरेको बताए । महानगरपालिकाको साथ र सहयोगबाट विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन सकिएको धारणा राखे ।

कार्यक्रममा विद्यालयको समग्र विकासमा योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडी, जिल्ला शिक्षा ईकाईका प्रमुख भूमिलाल सुवेदीले मन्तव्य व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS