IME Life New

भक्तपुरमा नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रम सम्पन्न, १९५ जना लाभान्वित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भक्तपुर । जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा शुक्रबार नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर औद्योगिक क्षेत्रका विभिन्न संघ संस्था, उद्योग, कलकारखानामा कार्यरत कर्मचारी तथा मजदुरहरुलाई लक्षित गरी संघको सभाहलमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार सञ्चालन भएको नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रममा ९८ जना महिला र ९७ जना पुरुष गरी १९५ जनाले सेवा प्राप्त गरे । परीक्षण कार्यक्रममा उच्च रक्तचाप, पिसाब, रगत परीक्षण गरी चिकित्सकबाट परामर्श सेवा दिइएको जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अस्मिता ओझाले जानकारी दिइन् ।

Esewa
Crest

उनका अनुसार परीक्षण कार्यक्रममा सेवा लिएकामध्ये १२० जनाको सामान्यभन्दा बढी तौल देखिएको, सामान्यभन्दा बढी रक्तचाप भएका २४ जना, रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी भएका २० जना, तीनजनाको पिसाबमा चिनीको मात्रा बढी र सातजनाको पिसाबमा प्रोटिनको मात्रा बढी देखिएको थियो । ३० जनालाई अस्पतालमा पुगेर थप जाँच तथा उपचारका लागि चिकित्सकले सल्लाह सुझाव दिएको उनले बताइन् ।

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले सबै उमेरका मानिसमा नसर्ने रोग लाग्न सक्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर जनस्वास्थ्य कार्यालय भक्तपुरको आयोजना तथा संघको सहकार्यमा नसर्ने रोगसम्बन्धी परीक्षण कार्यक्रम सञ्चालन गरिएको बताइन् । रोगले थलिएपछि बल्ल उपचारका लागि जाने बानी समाजमा रहेको अवस्थामा यो कार्यक्रमले बेलैमा रोगको पहिचान र निदान गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS