IME Life New

ब्रोकरहरुबाट शेयर कारोबारको राफसाफमा किन भयो विलम्ब ? यस्ता छन् कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वितरण केही दिनदेखि ब्रोकर कम्पनीहरुबाट शेयर कारोबारको रकम राफसाफमा विलम्ब भइरहेको गुनासोहरु आइरहेका छन्। यस विषयमा लगानीकर्ताहरुले नियामक निकायमा पनि गुनासो गरिरहेका छन्।

यसै सन्दर्भमा ब्रोकर कम्पनीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ। एसोसिएसनले माघ ३ र ४ गते ठूलो परिमाणमा तथा धेरैपटक शेयर कारोबार भएको राफसाफमा समस्या देखिएको जनाएको छ।

Esewa
Crest

यसैगरी माघ ३ गतेको नियमित राफसाफ माघ ५ गते भए पनि माघ ४ गते बेलुकाबाट ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मर्मतका लागि बन्द भएका कारण टीएमएसमा माघ ७ गतेमात्र बिल जेनेरेट भएको कारोबार राफसाफमा समस्या भएको विज्ञप्तिमा जनाइएको छ।

त्यसै माघ ४ गते र ५ गते राफसाफ भएका बिलहरुको भुक्तानी माघ ७ गतेदेखि मात्रै भुक्तानी प्रोसेसिङ गर्न सकेको एसोसिएसनले स्पष्ट पारेको छ।

माघ २, ३ र ४ गतेको कारोबार भुक्तानी टीएमएसबाट माघ ७ गतेबाट मात्र भुक्तानी प्रक्रिया सुरु गर्न मिलेका कारण पेमेन्ट गेटवेमा अधिक चाप गर्न गएको विज्ञप्तिमा उल्लेख छ। ‘टीएमएस मर्मत भइसकेपश्चात सो प्रणालीमार्फत विद्युतीय माध्यमबाट भुक्तानी प्रक्रिया गरिएका कतिपय कारोबार केही दिनसम्म पनि प्रोसेसिङमा नै रहेको र ग्राहकको खातामा पैसा जम्मा नभएको पाइएको छ’, विज्ञप्तिमा उल्लेख छ।

अर्कातिर दैनिक रुपमा धेरै कारोबार भुक्तानीका लागि प्रोसेसिङ गर्दा अधिकांश रकम भुक्तानी भए पनि कतिपय भुक्तानी बैंक विवरण ठीक हुँदाहुँदै पनि इन्भ्यालिड भई पुनः प्रोसेसिङ गर्नु परेको एसोसिएसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS