IME Life New

बैदेशिक पदाधिकारीहरु तथा खेलकुदकर्मीहरुको सामुहिक दुर्घटना बीमा आइएमई जनरलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद २०७६ मा सहभागी हुने बैदेशिक पदाधिकारीहरु तथा खेलकुदकर्र्मीहरुको सामुहिक दुर्घटना बीमा आइएमई जनरल इन्योरेन्स कम्पनीमा हुने भएको छ ।

उक्त खेलमा सहभागि वैदेशिक खेलकुदकर्मीतथा अन्य वैदेशिक पदाधिकारीहरुको प्रति व्यक्ति पाँच लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्समा हुने भएको हो ।आइएमई जनरल इन्स्योरेन्स र राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३ औँ दक्षिण एसियाली खेलकुद २०७६ को मूल आयोजक समितिबीच एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Esewa
Crest

इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३ औँ दक्षिण एसियाली खेलकुद २०७६ को मूल आयोजक समितिको तर्फबाट सदस्य सचिव रमेश सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दक्षिण एसियाली खेलकुदको आयोजना समायवधी अर्थात मंसिर १५ गतेदेखि मंसिर २४ गतेम्मको लागि आइएमई जनरल इन्स्योरेन्सलाई आधिकारिक बीमा प्रायोजकको रुपमा नियुक्त गरिएको छ ।कार्यक्रममा सदस्य सचिव सिलवालले आइएमई जनल इन्स्योरेन्सका पदाधिकारीहरुलाई धन्यवाद दिदै आगामि दिनमा पनि इन्स्योरेन्स सँग सेवा विस्तार गरि अगाडी बढ्ने बताए ।

यस्तै, इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुदको कार्यक्रममा आधिकारिक प्रायोजनको रुपमा आफ्नो कम्पनीलाई मौका दिएकोमा मूल आयोजक समितिलाई धन्यवाद दिए ।नेपालको आयोजनामा १३ औँ दक्षिण एसियाली खेलकुद २०७६ मंसिर १५ गतेदेखि मंसिर २४ गतेम्म हुने छ । काठमाडौँको दशरथ रगंशाला लगायत सातदोवाटो, जनकपुर तथा पोखरामा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS