IME Life New

बैंक व्याजदर यथासिघ्र पुनरावलोकन गर्न नेपाल इन्भेष्टर्स फोरमको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रुपमा तरलताको संकट देखाउदै सम्पुर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी अत्याधिक बृद्धि गरिएको व्याजदरको यथासिघ्र पुनरावलोकन गर्न अनुरोध गरेको छ ।

पूँजी बजारको दिगो विकास र विस्तारले मात्रै देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने हुँदा हालै बैंक वित्तीय संस्थाले सम्पूर्ण उद्योग, कलकारखाना व्यापार र लगानीकर्ताको भावना र मर्म विपरित एकतर्फी रुपमा व्याजदर बढाएको फोरमको तर्क छ ।

Esewa
Crest

विगतमा लगानीका अन्य क्षेत्रहरु सुशुप्त रहेको अवस्थामा विद्यार्थीदेखी शिक्षक, प्राध्यापकसम्म, निजामती कर्मचारीदेखि सेना तथा प्रहरीसम्म गृहणीदेखि सेवा निवृत्त व्यक्तिहरुसम्म, ठुला व्यवसायिक घरानादेखि साना व्यवसायिहरुले आफ्नो बचत तथा ऋण रकमलाई शेयर बजारमा लगानी गरेको अवस्थालाई नबुझी सम्बन्धी निकायले मनलगादी नीति बनाउदा लगानीकर्ताहरु मर्कामा परेको फोरमले जनाएको छ ।

आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवस्यक पर्ने स्वेदशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजार भएको हुनाले पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरु तथा निकायहरु अझ बढी गम्भिर हुन र यस्तो विषम परिस्थितिमा नेपाल इन्भेष्टर फोरमले सम्पुर्ण लगानीकर्ताहरुलाई संयम र धैर्यता, सुझबुझका साथ लगानी गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS