IME Life New

बैंक वित्तीय संस्थापछि बीमा कम्पनीका सिइओलाई पनि कुलिङ पिरियड, समय अबधि बारे छलफल हुदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बैंकहरुमा जस्तै बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतलाई पनि ‘कुलिङ पिरियड’ लागू हुने भएको छ। नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुमा हुने अस्वस्थ अभ्यास रोक्नका लागि प्रमुख कार्यकारीमा कुलिङ पिरियडको ब्यवस्था गर्न लागेको हो।

बीमा समितिले बीमकको संस्थागत सुशासन सम्वन्धि निर्देशिका मार्फत कुलिङ पिरियडको ब्यवस्था गर्न गरि छलफल थालेको छ। नेपाल राष्ट्र बैंकले भर्खरै सञ्चालक समिति सदस्य र प्रमुख कार्यकारी अधिकृतका लागि कुलिङ पिरियडको ब्यवस्था गरेको छ।

Esewa
Crest

राष्ट्र बैंककै ‘प्रडक्ट’ बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले बीमा कम्पनीका लागि कुलिङ पिरियडको ब्यवस्था गर्न लागेका हुन्। अहिले १९ जीवन बीमा कम्पनी र २१ निर्जिबन बीमा कम्पनी सञ्चालनमा छन्।

‘बीमा कम्पनीका प्रमुख कार्यकारीहरु एक ठाउँमा तलब खाएर अर्को ठाउँमा नियुक्ति लिने प्रबृत्ति बढेको छ,’ समितिका अध्यक्ष चापागाईँले बिजमाण्डूसँग भने, ‘संस्थागत सुशासनका हिसाबले यो गलत हो। त्यसैले कुलिङ पिरियड तोक्ने बिषयमा अध्ययन भइरहेको छ।’

उनले कम्पनीका प्रमुख कार्यकारी अधिकृत आफ्नो अनुशासनमा बसेनन् भने नियमनकारी निकायले वाध्य भएर यस्ता विषयमा निर्णय गर्नु पर्ने भन्दै बीमा समितिले त्यसै अनुशार काम गर्ने बताए। ‘सर्बसाधारणसँग प्रत्यक्ष रुपमा जोडिन कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुँदा संस्थाको सुशासन खलबलिन्छ,’ चापागाईँले भने, ‘सुशासन पालना गराउनका लागि नियमनकारी निकायले वाध्य भएर नियामकीय प्रवधानहरुलाई कस्दै लैजाउनु पर्ने हुन्छ।’ उनले कुलिङ पिरियडको अवधि कतिसम्म राख्ने बारे छलफल भइरहेको बताए। समितिले कर्मचारीको उपलब्धतालाई हेरेर ३ देखि ६ महिनासम्म कुलिङ पिरियड राख्नेतर्फ छलफल गरिरहेको छ।

एउटा कम्पनीमा बसेर तीन महिनापछि अर्को कम्पनीमा जाने प्रमुख कार्यकारीहरुबीच गलत प्रबृत्ति बसेको बीमा समितिको आरोप छ। ‘यस्ता गलत प्रबृत्तिले बीमा समितिलाई नियमनकारी प्रावधानहरुलाई कस्दै लैजान वाध्य पारिरहेको हुन्छ,’ उनले भने।

एउटा कम्पनीको ब्यवस्थापन नेतृत्व गर्दा गर्दै अर्को कम्पनीको ब्यवस्थापन कन्ट्राक्ट लिने चलन बीमा कम्पनीहरुमा बढेको छ। यसले संस्थागत सुशासन पालना गर्न कठिन भइरहेको छ। राष्ट्र बैंकको कुलिङ पिरियड सम्बन्धि ब्यवस्थाभित्र ‘लुपहोल’ खोजेर निर्देशन छलिएको थियो। यस्ता बिकृतिहरु समेत रोक्ने गरि बीमा समितिले अध्ययन थालेको छ।
(source:-Bizmandu.com)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS