IME Life New

बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर धितो राखी प्रवाह गर्न सकिने, यस्ता छन् सर्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर धितो राखी कर्जा प्रवाह गर्न सकिने व्यवस्था पनि गरेको छ। यसका लागि भने राष्ट्रले बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा उल्लेख भएका सर्तहरु भने पूरा गर्नुपर्ने हुन्छ।

संस्थापक सेयर धितो राखी कर्जा प्रवाह गर्दा आइपर्ने जोखिम नियन्त्रण एवं व्यवस्थापन गर्ने आवश्यक उपायहरु अवलम्बन गर्नुपर्ने केन्द्रीय बैंकले सर्त रहेको छ। इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको १ प्रतिशतभन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक/संस्थापक समूहका सेयरधनीले आफूले धारण गरेको संस्थापक सेयरमध्ये ५० प्रतिशतभन्दा बढी सेयर धितो राखी कर्जा लिन नपाउने व्यवस्था पनि रहेको छ। धितो रोक्का गरी अभिलेख राख्ने बैंक वा वित्तीय संस्थाले यस व्यवस्थाको पालना हुने गरीमात्र धितो रोक्का राख्नुपर्नेछ।

Crest

यसैगरी कुनै पनि इजाजतपत्र प्राप्त संस्थाको २ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीले राष्ट्र बैंकको स्वीकृति लिएरमात्र आफ्नो नामको सेयर अन्य बैंकमा धितोबन्धक राख्न वा बिक्री गर्न सक्नेछन्। यसका लागि स्वीकृति माग गर्दा जुन संस्थाको सेयर धितो राखिने हो सो संस्थाले निजको सेयर स्वामित्व तथा धितो रहे नरहेको विवरणसमेत पेस गरी स्वीकृति माग गर्नुपर्नेछ।

यस्तै संस्थापक सेयरको धितोमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि सुरक्षणबापत राखिने सेयरको मूल्यांकन गर्दा साधारण सेयरको ंपछिल्लो १८० कार्य दिनको औसत मूल्यको बढीमा ५० प्रतिशत मूल्य वा संस्थापक सेयरको अन्तिम कारोबारको मूल्यमध्ये जुन कम हुन्छ, सोका आधारमा मूल्य कायम गर्नुपर्नेछ। यसरी कायम गरिएको मूल्यको बढीमा ५० प्रतिशत रकमसम्म मात्र कर्जा दिन सकिनेछ। एकपटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको सेयरको पुनरमूल्यांकन गरी सो को आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न पाइने छैन। तर, बजार मूल्य कम भई कर्जा असुरक्षित भएको अवस्थामा थप सुरक्षणको व्यवस्था गर्नु पर्नेछ।

संस्थापक सेयर धितोबन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो सेयरलाई गैरबैंकिङ सम्पत्तिमा लैजान पाइने छैन र यसरी धितोबन्धक राखिएको संस्थापक सेयर भुक्तानी अवधि नाघेको ६ महिनाभित्र प्रचलित कानुन र राष्ट्र बैंकको निर्देशनको अधीनमा रही बिक्री गरी सक्नु पर्नेछ।

त्यस्तै संस्थापक सेयर धितोबन्धक राखी कर्जा प्रवाह भएको अवस्थामा त्यस्तो कर्जाको भुक्तानी अवधि किटान गर्नुपर्नेर त्यस्तो अवधि १ वर्षभन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ। संस्थापक सेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण तथा पुनरसंरचना र पुनरतालिकीकरण गर्न पाइने छैन तर ०.५ प्रतिशतसम्म संस्थापक सेयर स्वामित्व रहेका संस्थापकले सेयर धितो राखी कर्जा उपयोग गरिरहेको भएमा कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी भई कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न बाधा नपर्ने व्यवस्था पनि छ।

संस्थापक सेयर धितोबन्धक राखी कर्जा प्रवाह गर्दा असल कर्जाबाहेक अन्य अवस्थामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ। तोकिएको भुक्तानी अवधिमा कर्जा चुक्ता नगरेमा संस्थापक/सञ्चालकलाई कालोसूचीमा समावेश गर्नुपर्ने कारणसहित ३५ दिनको सूचना दिई तत्पश्चात ७ दिनभित्र अनिवार्य रुपमा कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ। सोसम्बन्धी व्यवस्था कर्जा प्रवाह गर्दा नै ऋणीलाई कर्जा सम्झौतामा उल्लेख गर्नुपर्नेछ।

यी व्यवस्थाहरुसँगै बैंक तथा वित्तीय संस्थाले आफ्नो कर्जा नीति/विनियममा स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS