IME Life New

बैंकिङ प्रणालीबाट एकैदिन बाहिरियो रु. १० अर्ब, कर्जा लगानी रु. ७ अर्बले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस २४ गते बैंक तथा वित्तीय संस्थाको निक्षेप १० अर्ब रुपैयाँले घटेको हो। योसँगै कुल निक्षेप ६६ खर्ब ८१ रुपैयाँमा झरेको छ। अघिल्लो दिन पुस २३ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६६ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको थियो।

Crest

पुस २४ मा वाणिज्य बैंकहरुको कुल निक्षेप १० अर्ब रुपैयाँले घटेर ५९ खर्ब ४२ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५९ खर्ब ५१ अर्ब रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पुस २४ मा एकैदिन ७ अर्ब रुपैयाँले बढेर ५३ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५३ खर्ब ७५ अर्ब रुपैयाँ थियो।

बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो पुस २४ मा सामान्य बढेर ७९.२७ प्रतिशत पुगेको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ७९.०५ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS