IME Life New

बैंकास्योरेन्स सम्झौताको नाममा बिकृति, बैंकास्योरेन्स बन्यो डिपोजिट बार्गेनिंगको माध्यम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: बैंक तथा इन्स्योरेन्स कम्पनीहरुबीच बैंकास्योरेन्स सम्झौता गर्ने क्रम पछिल्लो पटक ह्वात्तै बढेको छ । दिनमा कुनै न कुनै बैंक र बीमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको खबर बाहिरिन्छ ।

यस्तैमा बैंकहरुले बीमा कम्पनीहरुसँग बैंकास्योरेन्सका नाममा ब्ल्याकमेलिङ गर्ने गरेको रहस्य खुलेको छ । पछिल्लो पटक सञ्चालनमा आएको एक जीवन बीमा कम्पनीका एक उच्च अधिकारीले बैंकहरुले बैंकास्योरेन्सको नाममा आफूहरुलाई जर्बजस्त डिपोजिट गर्न लगाउने गरेको बताएका छन् ।

Esewa
Crest

नाम नबताउने शर्तमा उनले भने एक प्रतिष्ठित मानिएको वाणिज्य बैंकले बैंकास्योरेन्स सम्झौता गर्नका लागि २० करोड जति अग्रिम डिपोजिट गर्न लगाएको उनले बताए, उनले थपे ‘हामीले धरै ओटा वाणिज्य बैंक र विकास बैंकहरुलाई बैंकास्योरेन्स सम्झौता गर्नका लागि अनुरोध गर्यौ तर सबै जसोले बजारमा चलेको भन्दा सस्तो दरमा डिपोजिट मागे अहिले बैंकास्योरेन्स सम्झौतामा हामीले कम ध्यान दिन थालेका छौ’, उनले अगाडी थपे ‘बैंकास्योरेन्स सम्झौता गरि हाले पनि भबिष्यमा राम्रै होला तर अहिलेनै बैंकबाट सोचेको जस्तो ब्यबसाय पाउन मुस्किल छ’।

त्यस्तै बैंकास्योरेन्स गर्दा बैंकहरुले ठूलो रकम अग्रिम डिपोजट गर्न लगाउने र ब्याजदर भने अत्यन्तै न्यून दिने गरेको अर्को बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतले बताए । इन्स्योरेन्स खबर डट कम सँग कुरा गर्दै उनले भने, ‘बैंकास्योरेन्स गर्दा अग्रिम डिपोजिट त गर्न लगाउँछन् नै, त्यसमा पनि बजारमा चलेको ब्याजदरभन्दा निकै कम ब्याज बैंकहरुले दिने गरेका छन् ।’

उनले थपे कुनै-कुनै बैंकले बैंकास्योरेन्स गर्ने हो भने इन्स्योरेन्स कम्पनीका कर्मचारी, अभिकर्ताको समेत खाता आफ्नो बैंकमा खोल्न बार्गेनिंग गर्ने गरेको सुनेको छु, बैंकास्योरेन्स बैंक तथा इन्स्योरेन्स दुवैलाई फाइदा हुने तथा बिमाको पौच सर्बसाधारण सम्म पुराउने भरपर्दो मध्यम बैंकास्योरेन्स हो, तसर्थ बैंकहरुले डिपोजिट बार्गेनिंगको माध्यम मात्र बनाउनु राम्रो होइन।

बैंकास्योरेन्स गर्दा बैंकमा संस्थागत रुपमा धेरै निक्षेप जम्मा हुने र बीमा कम्पनीहरुका पनि बिमा पोलीसि तथा सेवा बिक्रि गर्न सजिलो माध्यम बन्ने हुँदा बैंकास्योरेन्स प्रति सकारात्मक धारणा आइरँदा बैंकहरुको पछिल्लो रबैयाले बीमा कम्पनीहरुलाई भने समस्यामा पारेको छ ।

बैंकान्सुरेन्स विश्व बजारमा एउटा सफल इन्स्योरेन्स बिक्रिको माध्यम हो, बैंकमा हुने सानो तिनो बचतलाई पनि इन्स्योरेन्समा परिबर्तन गर्न सके राष्ट्रको बचत वृद्धि हुनुको साथै दिर्घकालिन पुजी परिचालनमा सहयोगी सिद्ध हुनजान्छ, बैंकान्सुरेन्सको बारेमा नेपाल राष्ट्र बैंकको स्पस्ट नीति नभएको कारणले गर्दा बैंकान्सुरेन्सको बारेमा नेपाली बैंकहरु बैंकान्सुरेन्स आक्रामक बजारीकरणमा लागेको पाईदैन, नेपाल राष्ट्र बैंकले बैंकान्सुरेन्स नीति छिट्टै जारी गर्ने तयारी गर्दै छ, बैंकान्सुरेन्स नीति पछि बैंकान्सुरेन्स ब्यबसायले ठुलो फड्को मार्न सक्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS